Skip

Hamro Sanchar

सानेपामा नेविसंघको अधिवेशन पक्षधरको प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १६ गते


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन पक्षधरले प्रदर्शन गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूले समयमै अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

कालो कपडाले शरीर र मुख छोपेका प्रदर्शनकारीहरूले ुम म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ? म मेरो पार्टीले बन्धक बनएको नेविसंघु, म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघुजस्ता प्लेकार्ड बोकेका थिए ।

पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरेर विधानबमोजिम नयाँ कार्यसमिति गठन गर्नुपर्ने उनीहरूको माग छ


प्रतिकृया दिनुहोस्