Skip

Hamro Sanchar

कञ्चनपुरमा अति भारी वर्षा, सतर्क रहन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १६ गते


Advertisement

कञ्चनपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

त्यसैको प्रभावको कारण सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षा भइरहेको छ।कञ्चनपुरको एक केन्द्रमा अति भारी वर्षा भएको छ।

विभागका अनुसार कञ्चनपुरको बेलौरी केन्द्रमा पछिल्लो २४ घन्टामा २५५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै धनगढी विमानस्थलमा १९३ मिलिमिटर वर्षा भएको छ।

यस्तै कञ्चनपुरकै कृष्णपुरमा १४८।४ मिलिमिटर वर्षा भएको छ।

बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुरको बेलौरी क्षेत्र भई बहने सिहाली, दोदा९मछेली० लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्नेतर्फ सचेत गराएको छ।


प्रतिकृया दिनुहोस्