Skip

Hamro Sanchar

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको छ : जनार्दन शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १६ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन्।

सोमबार संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा बोल्दै उनले समाज अहिले विचार विहीनताको अवस्थामा पुगेको बताए।

‘यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ,’ उनले भने, ‘लोकतन्त्र एउटा वर्ग र जातिको लागि मात्रै हुनु हुँदैन। लोकतन्त्रमा सबै वर्ग, जाती र लिङ्गको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ।’

उनले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्ने नरहेको बताए।

समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालले कार्ययोजना प्रश्तुत गरेका छन्।

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश थापाले कार्ययोजना प्रस्तुत गरेपछि सांसद शर्माले आफ्ना धारणा राखेका हुन्।


प्रतिकृया दिनुहोस्