Skip

Hamro Sanchar

हतकडीसहित अदालतबाट भागेका थुनुवा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १५ गते


काठमाडौं। आज काठमाडौँ अदालतबाट भागेका एक जना चोरी मुद्दाका आरोपित थुनुवा पुन पक्राउ परेका छन्। उनलाई प्रहरीले गंगबुबाट पक्राउ गरेको हो ।

आइतबार थुनछेक बहसका लागि लगिएका उनी अदालतको शौचालयबाट फरार भएका थिए। काठमाडौँ प्रहरीका अनुसार उनी हतकडीसहित बालाजु बसपार्कबाट फेरि पक्राउ गरिएको हो।

उनी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका( १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार हुन् ।

२०८२ जेठ २० गते पक्राउ परेका शाहीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्