Skip

Hamro Sanchar

नेपालबारे रामकुमारीकाे अभिव्यक्ति पछि घनश्यामको निर्देशन : मुद्दाबारे जथाभावी नबोल्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १५ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

महासचिव घनश्याम भूसालले बक्तव्य जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिइएको हो ।

‘‘ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरुको ध्यानाकर्षण गर्दछ’ बक्तव्यमा भनिएको छ, ‘साथै, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरु छन् भन्ने कुरामा हेक्का राख्न र कुनैपनि बाहनामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन समेत सबैलाई आग्रह गर्दछ ।’

पूर्वमन्त्री एवं पार्टी नेता रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको मुद्दाबारे सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । अध्यक्ष नेपालले मुद्दामामिला गर्नु परिरहेकाले अर्लि महाधिवेशन मार्फत् पार्टी पुनर्गठन गर्नु पर्ने माग राखेका थिए ।


प्रतिकृया दिनुहोस्