Hamro Sanchar

इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुनेबारे ट्रम्पले दुई सातामा निर्णय गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ६ गते


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्ने भएका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको सङ्घर्षमा अमेरिका संलग्न हुने कि नहुने भन्ने निर्णय आगामी दुई साताभित्र लिनेछन्।

पत्रकारहरूसँग कुरा गर्दै लेभिटले ट्रम्पको भनाइ उद्धृत गर्दै भनिन्, “इरानसँग वार्ता हुने सम्भावना हेरेर म दुई साताभित्र निर्णय गर्छु कि अमेरिका यसमा सामेल हुने कि नहुने।”

इरान–इजरायलबीचको यो हालको युद्ध गएको शुक्रबार देखि सुरु भएको हो ।


प्रतिकृया दिनुहोस्