Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अहमदाबाद विमान दुर्घटनास् अहिलेसम्म २०८ जना शवको पहिचान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ५ गते


Advertisement

काठमाडौं । अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म २०८ जनाको शव डीएनए परीक्षणबाट पहिचान भएको छ।

यीमध्ये १७३ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको सिभिल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राकेश जोशीले दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार हस्तान्तरण गरिएका शवमा १३१ भारतीय नागरिक, ४ पोर्चुगिज, ३० बेलायती नागरिक, १ क्यानेडियन र ६ गैरयात्रु छन्।

दुर्घटनापछि सिभिल अस्पताल भर्ना गरिएकामध्ये ७१ जना घाइतेमध्ये अहिले ७ जना बिरामी मात्र उपचार गराइरहेका छन्। अन्य बिरामी डिस्चार्ज भइसकेका छन्।

यही जुन महिनाको २ तारिख दिउँसो अहमदाबादस्थित विमानस्थलबाट एयर इन्डियाको उडान एआई-१७१ ९७८७-८ बोइङ ड्रिमलाइनर-विमान उडेको केही बेरमै बीजे मेडिकल कलेज र सिभिल अस्पतालको होस्टेल भवनमा ठोकिँदै खसेको थियो।

दुर्घटनामा विमानमा सवार २४१ र भवनमा रहेका ३४ जना गरी जम्मा २७५ व्यक्तिको मृत्यु भएको थियो। त्यसो त सबैको डीएनए परीक्षणपछि मात्र मृतकको संख्या स्पष्ट हुने अस्पताल व्यवस्थापनले जनाएको छ।

यसैबीच टाटा समूहले मृतकका परिवारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ। साथै सबै घाइतेको उपचार खर्च पनि टाटा समूहले बेहोर्नेछ ।


प्रतिकृया दिनुहोस्