Skip

Hamro Sanchar

ट्रम्पको चेतावनीपछि खामेनीले भने : युद्ध शुरु भयो, आतंकवादी यहुदीमाथि कुनै दया राखिने छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ४ गते


काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायलविरुद्ध युद्ध शुरु भएको भन्दै ‘आतंकवादी यहुदी शासक’सँग कुनै प्रकारको सम्झौता नहुने प्रष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिए लगत्तै सर्वोच्च नेता खामेनीले सामाजिक सञ्जाल एक्समार्फत युद्ध शुरु भएको प्रतिक्रिया दिएका हुन् ।

खामेनीले भनेका छन्– हामी आतंकवादी यहुदी शासनलाई कडा जवाफ दिनेछौँ, हामी यहुदीमाथि कुनै प्रकारको दया देखाउने छैनौँ ।

यसअघि ट्रम्पले एक्स प्लेटफर्मबाटै इरानका सर्वोच्च नेता लुकेर बसेको भन्दै उनलाई चाहेको बेला निशाना बनाउन सकिने बताएका थिए ।


प्रतिकृया दिनुहोस्