Skip

Hamro Sanchar

नेकपा एस भन्छ : अध्यक्ष नेपाल विरुद्धको मुद्दामा क्लिनचिट लिएर फर्कन्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २२ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरुको बैठकले विगतदेखि नै पार्टी र नेताहरुकाविरुद्ध चलेको षड्यन्त्रको सिलसिला अनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानूनी र राजनीतिक प्रतिवाद गर्ने बताए । उनले अदालतबाट क्लिचिट लिएर यो पुर्वाग्रही कदम हो भन्ने सन्देश दिइने बताए ।


प्रतिकृया दिनुहोस्