Skip

Hamro Sanchar

बाढीको महाविपत्ति : ५७९ शव भेटिए, झन्डै २ हजार सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा बगेका ५७९ जनाको शव भेटिएको छ भने अझै एक हजार ९२४ जना सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थपन प्राधिकरणले आज साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार, हालसम्म सबैभन्दा बढी चितवनमा २३३ जनाको शव भेटिएको छ।

यसैगरी, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७ र तनहुँमा ३० जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।

बाढीमा नेपाली र विदेशी गरी एक हजार ९२४ जना सम्पर्कविहीन छन्। जसमध्ये ५१७ जना विदेशी नागरिक रहेको प्राधिरकणले जनाएको छ ।


प्रतिकृया दिनुहोस्