Skip

Hamro Sanchar

अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २१ गते


काठमाडौँ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले तीन थरी आदेश गरेको छ ।

द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले उत्प्रेषण जारी गरेको छ ।
प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।

यस्तै अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न मागदाबी गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ ।

यस्तै अदालतको अवहेलना गरेको भन्दै सापकोटाले कनकमणि दीक्षित विरुद्ध दायर गरेको रिटमा मागदाबी नपुग्ने आदेश भएको छ ।


प्रतिकृया दिनुहोस्