Skip

Hamro Sanchar

विष्णु जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २० गते


काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् ।

राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।

उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ ।

यसको बोधार्थ मेयर बालेन शाह,उपमेयर सुनिता डंगोलललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस्