Skip

Hamro Sanchar

गृहमन्त्रीको राजीनामाबाट टसमस भएन विपक्षी : प्रतिनिधिसभा बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २० गते


काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।

गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् ।

आज पनि विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका थिए । तर, उनीहरू आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।

बैठक स्थगित भएपछि बैठकका लागि पुगेका सांसदहरू संसद् भवनबाट बाहिरिएका छन् ।


प्रतिकृया दिनुहोस्