Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

थाइल्यान्डकी सुन्दरीले जितिन यस वर्ष मिस वर्ल्डको उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १८ गते


Advertisement

काठमाडौं । थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्री यस वर्षको मिस वर्ल्ड बनेकी छिन्। मिस वर्ल्ड ७२औँ संस्करणको नतिजा घोषणा गरिएको छ।

यस वर्ष थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्डको ताज जितेकी हुन्।

७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई उनको शिरमा ताज पहिराएर सम्मान गरिन्।

यस प्रतियोगितामा पहिलो रनर-अप इथियोपियाकी हासेट डेरेजे दोस्रो भइन् भने दोस्रो रनर-अप मार्टिनिककी औरेली योहाचिम तेस्रो भइन्।

मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भयो।

समापन समारोह अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले तेलंगानाको हैदराबादस्थित हाइटेक्समा आयोजना गरिएको थियो ।


प्रतिकृया दिनुहोस्