Hamro Sanchar

भारतको हरियाणामा कारभित्र एकै परिवारका ७ जना मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १३ गते


काठमाडौं । भारतीय राज्य हरियाणाको पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन्।

पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताइन्।

उनले भनेकी छन्, प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादुनवासी एकै परिवारका सदस्य थिए।

मृतकमा दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य छन्। प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा घटना भएको र सबैको शव कारबाट बरामद भएको बताएको छ।कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो।

डीसीपी कौशिकले प्रथम दृष्टिमा आत्महत्याजस्तो देखिए पनि सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको बताएकी छन् ।


प्रतिकृया दिनुहोस्