Skip

Hamro Sanchar

निकिता पौडेलकाे गुनासो : अलतले न्याय दिएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १२ गते


काठमाडौं । सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुवै नगरेको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका क्रममा सर्वोच्चले न्याय नदिएको टिप्पणी गरेकी हुन् । ‘अदालतले न्याय त दिएन, दिएन, मानवीय व्यवहार पनि गरेन,’ उनले लेखेकी छन् ।

निकिताले गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको उल्लेख गरेकी छन् ।

‘नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन’, उनले लेखकी छन् ।


प्रतिकृया दिनुहोस्