Skip

Hamro Sanchar

माओवादी केन्द्र र नेसपाबिच आज एकता घोषणा हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १२ गते


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिच आज एकता हुँदै छ।

नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो ।

बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्