
झापा । विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङको एकै वडाका तीनजनाको मृत्यु भएको छ ।
माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।
झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सूचना अधिकारी डा। अनुपम घिमिरेका अनुसार, ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए ।
मनीषा र नुमाको उपचारका क्रममा मोरङको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा यसअघि नै मृत्यु भएको थियो । आइतबार ९जेठ ११० बीएन्डसी अस्पतालमा लावतीको मृत्यु भएको हो ।

















