Skip

Hamro Sanchar

अवरूद्ध कान्ति लोकपथ १२ घण्टापछि दुईतर्फी सञ्चालनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १० गते


काठमाडौं । कान्ति लोकपथ सञ्चालनमा आएको छ।

मकवानपुर र ललितपुरको सिमाना बागमती खोलामा ग्राभेल र माटो प्रयोग गरी बनाइएको अस्थायी बाटो बगाएपछि अवरूद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ।

वर्षाका खोलाको वहाब बढेपछि शुक्रबार बेलुकी ८ बजेदेखि यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो।

शनिबार बिहान पौने ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा आइसकेको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।

पानी पर्न थालेसँगै बागमतीमा तीन पटकसम्म डाइभर्सन बगाइसकेको छ। बागमती खोलामाथिको पुल पूर्ण रूपमा बनिसकेको छैन।


प्रतिकृया दिनुहोस्