Skip

Hamro Sanchar

रसुवामा साढे ७ किलो सुन बरामद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ४ गते


काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे सात किलो सुन बरामद गरेको छ ।

रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शाहीका अनुसार केरुङ हुँदै नेपाल ल्याउन लागेको स्याउ बोक्ने गाडीमा सुन ल्याइएको हो ।

बा४ख ६२०१ नम्बरको गाडी चालक रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

सुन धनी को हुन् भन्नेबारेमा भने प्रहरीले अनुसन्धान थालेको छ ।


प्रतिकृया दिनुहोस्