Hamro Sanchar

युवतीको बलात्कारपछि हत्या आरोपमा भूपू सैनिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ३१ गते


काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ । गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्