Hamro Sanchar

संसद् बैठक आज पनि बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ३१ गते


काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची सचिवालयले तय गरेको छ।

त्यसैगरि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा नेमकिपाका सांसद प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने सम्भावित कार्यसूचीसमेत छ।

त्यसैगरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्