Hamro Sanchar

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ३० गते


काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।

राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ मा बस्ने संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) मा सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

 


प्रतिकृया दिनुहोस्