Skip

Hamro Sanchar

धनुषामा बिहे भोज खाएका सय जनाभन्दा बढी जन्ती अस्पताल भर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २९ गते


Advertisement

धनुषा। धनुषामा बिहे भोजमा खाजा खाएका झन्डै सय जनाभन्दा बढी बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा बिरामी भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका अनुसार राति जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट ठेरा कचुरीमा गएको जन्तीले खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खाएका थिए। खाजा खानेसाथ सबैलाई पेट दुख्न थालेको बताइएको छ।

बिरामी जन्तीहरूलाई जनकपुरको विभिन्न अस्पतालमा भर्ना गरिएको छ भने केही उपचारपश्चात् घर फर्किएका छन् । बिहेको खाजामा नै विष परेको हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय धनुषाले घटनास्थल पुगेर खाजाको स्याम्पल लागेको बताएको छ। उक्त स्याम्पल ल्याबमा परीक्षण गरेपछि कारणले पुष्टि हुने बताइएको हो।


प्रतिकृया दिनुहोस्