Hamro Sanchar

कानुनमन्त्री भन्छन्  : प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २७ गते


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबिच न्युनतम साझा बुझाइको जरुरी रहेको बताएका छन् ।

आज सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थास् चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरूका लागि सहयोगी बनेको उनको भनाइ छ ।

सरकारले व्यापार प्रवर्द्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा विरोध भएको उल्लेख गर्दै उनले राम्रा कुराहरूको विरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने बताए ।

मन्त्री चौरसियाले लोकतन्त्रविरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्