Hamro Sanchar

विस्फोटक पदार्थ पड्किँदा बाजुरामा महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २७ गते


कैलाली। बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किदा गम्भीर घाइते उनको उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।

विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख प्रहरी नायव उपीक्षक इतहाक हावालीले जानकारी दिए।

युद्धकालमा छोडिएको विस्पोटक पदार्थ हुन् सक्ने आशंका गरिएको छ। प्रहरीले भने अनुसन्धानपछि मात्रै पुष्टि गर्न सकिने जनाएको छ ।


प्रतिकृया दिनुहोस्