Skip

Hamro Sanchar

पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूको तुरून्त उद्धार गरियोस् : रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत–पाकिस्तान तनाव बढ्दै गएकाले नेपाली विद्यार्थी असुरक्षित भएको बताएको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपा सांसद तथा पूर्वमन्त्री शिशिर खनालले पाकिस्तानमा अध्ययन गर्ने ८० जना विद्यार्थीहरूलाई तुरून्त उद्धार गर्न आग्रह गरेका हुन्।

‘भारत–पाकिस्तानबीच ‘युद्ध’ को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावसम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु,’ खनालले प्रतिनिधि सभामा भने, ‘यसैबीच पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्। साथै, यो संसदलाई समग्र परिस्थितिको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिङ होस भनी माग गर्छु।’

परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भए पनि बिहीबार साँझ व्यक्तमार्फत् सार्वजनिक गरेको आतंकवाद विरुद्धको अडानको पनि रास्वपाले स्वागत गरेको छ।


प्रतिकृया दिनुहोस्