Hamro Sanchar

माधव नेपाल अस्वस्थ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २६ गते


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको मुटुको एनजिओप्लास्टि गरिएको छ।

केही दिनदेखि स्वास्थ्यमा समस्या आएका अध्यक्ष नेपाल बिहीबार महाराजगञ्जस्थित कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए।

पार्टीका पोलिटव्युरो सदस्य मोहन गौतमका अनुसार अध्यक्ष नेपालको मुटुको एनजिओप्लाष्टि गरिएको हो।

‘हिजो उहाँको मुटुको एनजिओप्लाष्टि गरियो, सम्भवत आज डिस्चार्ज हुनुहोला,’ उनले भने ।


प्रतिकृया दिनुहोस्