
काठमाडौं । सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
आज एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबार नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै अनिवार्यरुपमा उपस्थित भएर त्यसका पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
एमालेले ह्विपमा भनेको छ, ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको आ.व. २०८२र८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमु लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ ।