Skip

Hamro Sanchar

भाजपा नेता कोशियारीले भेटे अध्यक्ष प्रचण्डलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २५ गते


काठमाडौँ । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ ।

साथै भारत–पाकिस्तानबिच भइरहेको तनावका विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डको निजी सचिवालय श्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस्