Skip

Hamro Sanchar

रेशम पक्राउबारे गृहमन्त्रीको संसद्‌मा जवाफ : कुनै पूर्वाग्रह थिएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २५ गते


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे संसद्मा जानकारी गराएका छन् ।

आज संसद्‌मा यसबारे जानकारी गराउँदै प्रहरीले कानुनको कार्यान्वयन गर्नेबाहेकको कुनै पूर्वाग्रह नराखेको उनले बताए ।

‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भनेका छन् ।

लेखकका अनुसार, सो दिन अदालतको पत्र बोकेर सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासमक्ष पुगेका थिए ।

आईजीपी थापालाई परिचय पत्र देखाएपछि सोही अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले कानुन कार्यान्वयनको काम मात्रै गरेको उनको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्