Skip

Hamro Sanchar

प्रदिप नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २३ गते


काठमाडौँ । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिँदै छ ।

मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखि दाहसंस्कार गर्न लागिएको हो ।

उनको शव नर्भिकबाट पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।

बामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।


प्रतिकृया दिनुहोस्