Skip

Hamro Sanchar

अर्थमन्त्री पौडेल र प्रचण्डबीच भेटवार्ता : आगामी बजेटबारे छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २३ गते


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ ।

बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् ।


प्रतिकृया दिनुहोस्