Skip

Hamro Sanchar

फेवातालमा फसेका ८ जनाको सकुशल उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २२ गते


काठमाडौं । बोटिङ गर्ने क्रममा फेवातालमा आएको हावाहुरीका कारण फसेका व्यक्तिहरूको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका – ५ बस्ने वर्ष २१ का रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्वार टोलीले सकुशल उद्धार गरेको हो।

यस्तै, तालमा हावाहुरीका कारण कायाक बोटमा बोटिङ गरिरहेका १ जना र डुङ्गामा बोटिङ गरिरहेका ६ जना गरी अन्य ७ जनाको समेत सकुशल उद्धार गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।


प्रतिकृया दिनुहोस्