
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ध्यान सरकारतिर नभएको बताएका छन् ।
संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरुले चाहे ३२ सीटको जादु चल्ने दाबी गरे ।
नयाँ सरकार कहिले बन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ। मध्यपहाडि लोकमार्ग केन्द्रित अभियानमा जाँदैछौं ।’
उनले ३२ सीटको जादू चलाउन चाहे चल्ने भन्दै अहिले चलाउने पक्षमा नरहेको बताए ।
उनले अहिले आफूहरु देउवालाई फकाउने पक्षमा पनि नरहेको भन्दै आफ्नै बोझले सरकार ढल्ने दोहोर्याए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने खालको मात्रै भएको टिप्पणी गरेका छन् ।

















