Skip

Hamro Sanchar

राधिकाको चेतावनी : केपीलाई गिज्याएर खुशी हुनेले आफ्नै खुट्टामा बन्चरो हान्दै हुनुहुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २१ गते


काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई गिज्याउने र गाली गर्ने प्रवृत्तिलाई लिएर पत्नी राधिका शाक्यले सार्वजनिक असन्तुष्टि प्रकट गरेकी छन् । आफूहरूले केही गलत काम नगरेकाले गालीगलौजले केही असर नगर्ने उनले बताइन् ।

शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । केपी ओलीलाई गिज्याउन र गाली गर्न पाएँ भनेर खुशी हुनेहरुको आफ्नै भविष्य अन्धकार हुने उनले चेतावनी दिइन् ।

शाक्यले भनिन्, ‘जोजो मान्छेहरूले आज केपी ओलीलाई गिज्याउन पाएँ, केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नुभएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ र उहाँहरूले आफ्नो खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ भन्ने मेरो विश्लेषण छ ।’


प्रतिकृया दिनुहोस्