Skip

Hamro Sanchar

माओवादीले जेठ २ देखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २१ गते


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ।

आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालित हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्दैै नयाँ अभियानको घोषणा गरेको हो।

बैठकले गत फागुन १२ गतेदेखि सुरु गरिएको हुलाकी राजमार्गकेन्द्रित अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकाले यो माओवादीको मात्र नभइ सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष निकालेको छ।

त्यस्तै उक्त अभियानमा सहभागी हुनेहरुलाई पनि धन्यवाद ज्ञापन गर्दै प्रस्ताव बैठकले पारित गरेको छ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको समेत उल्लेख गरिएको छ ।


प्रतिकृया दिनुहोस्