Skip

Hamro Sanchar

बागमती खोलाको डाइभर्सन बग्याे : कान्ति लोकपथ अवरूद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २१ गते


काठमाडौं । हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ।

आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएका कारण सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका=८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए।

आइतबार बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएपछि सडक सवारी आवतजावत अवरूद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

तत्काललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ


प्रतिकृया दिनुहोस्