Skip

Hamro Sanchar

पाटन क्याम्पसको स्ववियुमा नेविसंघको प्यानलै निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २१ गते


काठमाडौं । लामो समयदेखि रोकिएको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

जसअनुसार सभापतिमा रोहित कपाली, सचिवमा रूपक न्यौपाने, कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भएका छन् । त्यस्तै प्रत्यक्षतर्फ नेविसंघबाट सदस्यहरूमा राम दाहाल, दीपेन्द्र अर्गेजा मगर, प्रहलाद कटुवाल, ऋषभ भगत, जेनिश शाह, रोशन खत्री, विशाका घिमिरे र सोफिया सिंह ठकुरी निर्वाचित भएका छन् ।

यसअघि चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन विद्यार्थी संगठनबीचका विवादले रोकिँदै आएको थियो ।


प्रतिकृया दिनुहोस्