Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २० गते


Advertisement

नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ।

पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको हो।

यस सम्बन्धमा, वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ। सूचना अनुसार यस सम्बन्धमा एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको छ। जसमा भनिएको छ, ‘अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ।’

अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए। यस आक्रमणपछि भारत र पाकिस्तानले एकअर्का विरुद्ध धेरै कदम चालेका छन् र दुई देशबिच तनाव कायमै छ ।


प्रतिकृया दिनुहोस्