
काठमाडौं, बैशाख १५- कागेश्वरी मनोहरा नगरपालिकाभित्र संचालित मिलिजुली दिदीबहिनी बचत तथा ऋण सहकारीले ‘क्युआर’ कोडमार्फत भुक्तानी तथा बचत सुरु गरेको छ ।
नगरपालिकाको सहकारी शाखाको पहलमा राष्ट्रिय सहकारी बैंक जोरपाटी शाखाले निशुल्क ‘क्युआर’ कोड उपलब्ध गराएको हो ।
जोरपाटी शाखाको सेयर सदस्य रहेको मिलिजुलीलाई आज राष्ट्रिय सहकारी जोरपाटी शाखाका प्रमुख आदर्श धमला र कागेश्वरी मनोहरा सहकारी शाखाका प्रमुख विश्वास ज्ञवालीले ‘क्युआर’ कोड प्रदान गरेका हुन् ।
‘क्युआर’ कोड प्रदान गरेसँगै सहकारीको सेवालाई प्रविधिमैत्री बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ ।
हालसम्म कागेश्वरीका ३५ वटा सहकारीहरुले सहकारी बैंकको निशुल्क क्युआर लिई डिजिटल कारोबारको सुरुवात गरेका छन् ।
यस्तै सहकारी शाखाले निरन्तर सहकारी संस्थाको सवलिकरण र प्रवलीकरणमा जोड दिँदै आएको छ ।