Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगनको चेतावनी : आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे सरकार छाेड्छौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ११ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस समस्याबाट भागेर नहुने बताएका छन्। लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाए।

उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि दिनुपर्छ। आज हामी बाध्यतामा छौँ, एक्लै छैनौँ सरकारमा छौँ। कतिपय हामीले कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौँ। हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ हामी। सरकारै सबैभन्दा ठूलो कुरा होइन। मैले यो सरकारको मात्रै कुरा गरेको होइन।’

उनले कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए।उनले अन्य दलबाट राष्ट्रपति, उपराष्ट्रपति भएका व्यक्तिहरू राजनीतिमा फर्किएपनि कांग्रेसमा त्यस्तो नहुने भन्नसक्नुपर्ने बताए।

उनले आफूले निराशा बढाउन नखोजेको भन्दै प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आम मानिसको भरोसा टुटिसकेको बताए ।


प्रतिकृया दिनुहोस्