Skip

Hamro Sanchar

कञ्चनपुरमा जलेको अवस्थामा शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ९ गते


कैलाली । कञ्चनपुरमा जलेको अवस्थामा शव फेला परेको छ।

जिल्लाको बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

उनका अनुसार बेल्डाडी गाउँपालिका ३ का अन्दाजी ५० वर्षका हरिकिसन रानाको शव सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा भेटिएको बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्