Skip

Hamro Sanchar

हाजिरी जमानीमा छुटे धवलशशेर राणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ८ गते


काठमाडौं । राजसंस्था पुनर्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशशेर राणा हाजिर जमानीमा छुटेका छन्।

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राणा त्यही दिन पक्राउ परी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा थिए।

उनलाई आइतबार राति हाजिरी जमानीमा छाडिएको जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए।
राणालाई मुखमा क्यान्सर छ।

त्यसैले उपचारका लागि भनेर उनलाई हाजिरी जमानीमा श्रीमतीको जिम्मामा छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी अपिलराज बोहराले जानकारी दिए।

यसअघि उनी भारतको टाटा क्यान्सर अस्पतालमा ३ महिना उपचार गराएर गत पुसको दोस्रो साता फर्केका थिए। फेरि उनी फलोअपमा जानुपर्नेछ।

सांसद राणा २४ दिनको हिरासतपछि हाजिरी जमानीमा रिहा भएका हुन्।

उनीसँग गिरफ्तार राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भने अझै हिरासतमै छन्।

मिश्र, धवलशमशेरलगायत ११ जनालाई राज्यविरुद्धको अपराध गरेको अभियोग लागेको छ ।


प्रतिकृया दिनुहोस्