Skip

Hamro Sanchar

बानेश्वरमा राप्रपाको प्रदर्शन : निषेधित क्षेत्र तोड्ने प्रयास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ७ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बानेश्वरको निषेधित क्षेत्र अगाडि विरोध प्रदर्शन सुरू भएको छ।

राप्रपाले आज काठमाडौंको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनेको थियो। सो अनुसार नेता कार्यकर्ताहरू नयाँ बानेश्वर पुगेका छन्।

उनीहरूले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्ने प्रयत्न गरेका छन्।

त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहानै सडकको बीचमा प्रहरीले ब्यारिकेड बनाएको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शन शान्तिपूर्ण हुने बताएका थिए।


प्रतिकृया दिनुहोस्