Skip

Hamro Sanchar

परराष्ट्रमन्त्री आरजु राणा आज थाइल्याण्ड जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ७ गते


काठमाडौं । परारष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी हुन आज थाइल्याड जाँदैछिन्।

बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना हुने सो कार्यक्रमका लागि मन्त्री राणा थाइल्याण्ड जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

एशिया तथा प्रशान्त क्षेत्रमा दिगो र प्रतिरोधी सहरी विकासका लागि क्षेत्रीय सहकार्य विषयक सत्रको राणाले अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्री देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डलले बैठकमा सहभागीता जनाउने छ।

बैठक सम्पन्न भएपछि देउवा अप्रिल २५ मा स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस्