Hamro Sanchar

समाजवादको भ्रूण नेवार समुदायमा छ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ६ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले समाजवादको भ्रूण नेवार समुदायमा रहेको ‍बताएका छन्।

आज नेवाः राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौंमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृति, उत्पादनमा रहेको बताएका हुन्।

‘समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरु जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ,उनले भने।

त्यसकारण नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने प्रचण्डले बताए।

अध्यक्ष प्रचण्डले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस भएको बताउँदै त्यो सफल नहुने बताए।

सरकारका गलत क्रियाकलापहरुको बिरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका बिरुद्ध चुनौति दिनुपर्ने उनको भनाइ थियो।

उनले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी पनि गरे। नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर अध्यक्ष प्रचण्डको थियो ।


प्रतिकृया दिनुहोस्