Hamro Sanchar

जगमानको दाबी : २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ६ गते


काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।

आज काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दाबी गरेका हुन् ।

उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दु राष्ट्र स्थापित हुन्छ भनिरहेको जिकिर गरेका छन् ।

पूर्वसेनापतिको पनि अन्तर्वार्ता आएको उनले बताए ।उनले आफूहरूको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने बताए


प्रतिकृया दिनुहोस्