
काठमाडौं । शोभा रावत \ तपाईलाई याद छ जब हामी घण्टी लागिसकेपछि बिद्यालय पुग्थ्यौं तब कि एउटै बेन्चमा ५- ६ जना कोचिएर की सबै भन्दा पछाडी गएर बस्नु पर्दथ्यो ।
तपाई हामीमध्ये कति जना पहिलो बेन्चमा बस्नको लागी बिद्यालय खुल्नु भन्दा आधा घण्टा अगाडी नै बिद्यालय पुगेका पनी हौंला । जब विद्यालयको घण्टी बज्थ्यो विद्यालयको प्रांगण विद्यार्थीले भरिभराउ हुने गर्दथ्यो एउटा कक्षाको सेक्सन बाँडेर दुई तिन वटासम्म पुग्ने गर्दथ्यो । एउटै कक्षमा ५०- ६० जनाको संख्यामा बिद्यार्थी हुने गर्दथे ।
अझ परिक्षाको बेलामा त झनै कक्षा कोठामा नअटाएर चौरमा बसेर पनि परिक्षा दिनु पर्ने अवस्था थियो । त्यस्तो अवस्था नीजि बिद्यालयमा भन्ने सोच्नु भएको होला पक्कै होईन सरकारी विद्यालयको बारेमा लेख्दैछु । तर अहिले भने अबस्था फरक छ ।
२ दशक अगाडी र अहिलेको सरकारी विद्यालयको अवस्था हेर्दा जमिन आकाशको फरक देख्न सकिन्छ । आजको अवस्था हेर्नेहो भने सरकारी विद्यालयको एउटा कक्षा कोठामा ५ ६ जनाको संख्यामा विद्यार्थी राखेर पढाइरहेको अवस्था छ । सरकारी विद्यालयहरु पनि दुई दशक अगाडी जे जति थिए उति नै छन् जबकी अहिले नीजि बिद्यालय गनिसक्नु अनगिन्ती खुलेका छन् । तिते बेला निजी बिद्यालयमा भन्दा सरकारीमा २ गुणा बढी विद्यार्थीको संख्या रहने गर्दथ्यो ।
- २ दशक अगाडी र अहिलेको सरकारी विद्यालयको अवस्था हेर्दा जमिन आकाशको फरक देख्न सकिन्छ
आजको यो समयसम्म आइपुग्दा सरकारी बिद्यालयमा विद्यार्थीको संख्या निजी विद्यालयको भन्दा चो गुणा कम देख्न सकिन्छ ।
कति प्राय सरकारी बिद्यालयमा बिद्यार्थी भन्दा शिक्षक धेरै भन्ने समाचारहरु पनि बेला बेलामा हामीले सुनेका पनि छौं । आखिर सरकारी बिद्यालय प्रतिको मोह किन घट्दै गयो त । सरकारले विद्यालयको सही ब्यवस्थापन गर्न नसक्दा, बैज्ञानिक शिक्षा लागू गर्न नसक्दा, शैक्षिक पुर्वाधार शिक्षक व्यवस्थापन राम्रो हुन नसक्दा, या अरु नै यो बारेमा गम्भीर भएर सोच्ने बेला आएको छ ।
आज एक्काइसौं शताब्दीमा आइपुग्दा पनि सरकारी विद्यालयको अवस्था एकदमै नाजुक अवस्थामा छ । बिकट तथा हिमाली जिल्लाहरुका सरकारी विद्यालयको अवस्था त झनै भनिसक्नु छ । भौतिक पूर्वाधारदेखि लिएर हरेक कुराको अभाव झेल्दै आएका छन् बिकट सरकारी बिद्यालयमा बालबालिकाले ।
२०७२ मा गएको बिनाशकारी भुकम्प लगाए बेला बेलामा भईरहने प्राकृतिक प्रकोपका कारण क्षत विक्षत भएका बिद्यालयमा भवन अझैपनि बन्न सकेका छैनन् । जसका कारण बर्षाको समयमा रुझदै र हिउँदको समयमा त्रिपाल मुनी जाडोले कठ्याङ्ग्रि पढ बाध्य छन् बालबालिकाहरु ।
बिद्यालयमा एउटा भवन बनाउन बिदेशी सहयोग खोज्ने सरकार उता भने डाँडा पाखामा गएर भ्यु टावर बनाउदै बसेको छ । यस्ता कारणले पनि सरकारी विद्यालयको स्तर बृद्धि हुनुको साटो झनै दिन प्रतिदिन खस्कँदै गएको छ ।
- जस्तोसुकै दुख गरेर भएपनि बालबच्चालाई सरकारीमा नभई नीजि बिद्यालयमा नै पढाउनुपर्छ र तेहाँ नै उनिहरुको भविष्य सुरक्षित छ भन्ने अभिभावकको धारणा विकाश गराउनुमा को जिम्मेवार त ?
यति मात्र होइन सरकारी विद्यालयप्रति अभिभावकको बिश्वास घट्नु या समाजमा देखासिकी प्रवृत्तिले पनि अभिभावक आफ्ना बालबालिकालाई सरकारी बिद्यालय पठाउनै चाहँदैनन् की भन्न पनि सकिन्छ ।
जस्तोसुकै दुख गरेर भएपनि बालबच्चालाई सरकारी होईन नीजि बिद्यालयमा नै पढाउनुपर्छ र तेहाँ नै उनिहरुको भविष्य सुरक्षित छ भन्ने हरेक अभिभावकको धारणा रहेको छ र यसो हुनुमा पनि कहिँन-कहिँ आगोमा घिउ थप्ने काम पनि सरकारबाटै पो भईरहेको छ की भन्ने आशंका पनि यहाँ पैदा हुने गरेको छ । उदाहरणको लागी हालसालै को घटनालाई हेर्न सक्छौं । अहिले नयाँ शैक्षिक सत्र सुरु भईसकेको छ ।
नयाँ भर्ना, परिक्षाको नतिजा प्रकाशन मात्रै होईन कक्षा १२ को परिक्षा पनि नजिकै छ तर यतिबेला सरकारी बिद्यालयमा शिक्षक भने काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका छन् । बिद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि आन्दोलित देशभरका शिक्षकहरु उतिबेला काठमाडौंमा छन् ।
यतिसम्म की महासंघले कक्षा १२ को परीक्षामा सामेल नहुने चेतावनी समेत दिई सकेको छ । भने एसईईको प्रश्नपत्र जाँच समेत नहुँदा एसईई दिएर बसेका विद्यार्थीको अगामी शैक्षिक यात्रा समेत अन्यौलमा परेको छ ।
शिक्षकको आन्दोलनका कारण सरकारी बिद्यालयमा सम्पुर्ण शैक्षिक गतिबिधि ठप्प नै छ । ऐन जारी नभएसम्म आन्दोलन नरोकिने शिक्षकको अडान छ भने उता सरकार कुनै ठोस निर्णयमा पुग्न सकेको छैन ।
वर्षे अधिवेशनमार्फत शिक्षकका माग पुरा गर्ने सरकारले बताई रहँदा शिक्षक महासंघ सरकारको बाचाप्रति विश्वस्त हुन सकेको छैन । माग पुरा नहुँदासम्म बिद्यालय नफर्कने अडानमा महासंघ देखिएको छ भने देशभरका शिक्षकलाई काठमाडौं आउन आह्वान समेत गरिरहेको छ ।
नीजि बिद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भई पठन-पाठन समेत सुरु भइसक्दा सरकारी बिद्यालय भने बन्द अवस्थामा छन् । जसको प्रभाव सरकारी बिद्यालयमा केही बालबालिकालाई अभिभावकले निजी विद्यालयतिर लैजान लागेको भन्ने समाचारहरु पनि आईरहेका छन् ।
- एसईईको प्रश्नपत्र जाँच समेत नहुँदा एसईई दिएर बसेका विद्यार्थीको अगामी शैक्षिक यात्रा समेत अन्यौलमा परेको छ ।
यहाँ यति धेरै भन्न किन खोजिएको हो भने सरकारी बिद्यालयमा बेला-बेला भईरहने यस्ता बिबिध कारण शैक्षिक गतिविधि महिनौं दिनसम्म पनि ठप्प रहनुले पनि सरकारी विद्यालयप्रति नराम्रो छाप पर्न गईरहेको छ की भन्ने आशंका पैदा भएको छ । यति मात्रै नभई सरकारी बिद्यालयमा हुने राजनीतिक गतिविधिले पनि बेला-बेला पठन पाठन प्रभावित भईरहेको हुन्छ ।
विद्यालयको शैक्षिक गतिविधिलाई चलायमान बनाई राख्नका लागी सरकार र सरकारी विद्यालयबीच एक सुमधुर सम्बन्ध हुनुपर्नेमा बेला-बेला सरकारी बिद्यालयमा शिक्षक सरकार बिरोधी आन्दोलनमा होमीनुमा के कारण रहेको छ त यो बिषयमा कसैले पनि सोचेको देखिदैन ।
भोली देशभरका सरकारी बिद्यालय बन्द हुने अवस्था नआउला भन्न पनि सकिँदैन ,र देशभरका सरकारी शिक्षक बेरोजगार !
यस्तै अबस्था रहिरहने हो भने भोली देशभरका सरकारी बिद्यालय बन्द हुने अवस्था नआउला भन्न पनि सकिँदैन । र देशभरका सरकारी शिक्षक बेरोजगार ।
सरकारी विद्यालयप्रति मोह बढाउनका लागि शैक्षिक गुणस्तर बढाउनका लागि समय अनुसार नयाँ ढंगबाट सोच्न जरुरी छ । भने शिक्षकका जायज माग तत्काल वार्ता संवादमार्फत समाधान गरि शिक्षकलाई सडकसम्म आउनै नपर्ने वातावरण सरकारले बनाउन जरुरी छ ।