Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकामा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


Advertisement

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो।

ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन्। उनीहरू एकै परिवारका सदस्य रहेको सञ्चारमाध्यमले जनाएको छ। पाइलटको पनि मृत्यु भएको न्यूयोर्क शहरका मेयर एरिक एडम्सले जानकारी दिए।

सार्वजनिक भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र हडसन नदीमा खसेको देखिन्छ ।

संघीय उड्डयन प्रशासन ९एफएए० ले हेलिकप्टरको दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने बताएको छ । यसअघि २०१८ मा उक्त नदीमा पर्यटक सवार हेलिकप्टर दुर्घटना हुँदा पाँच जना यात्रुको मृत्यु भएको थियो।

२००९ मा इटालियन पर्यटक बोकेको हेलिकप्टर हडसन नदीमाथि एक निजी विमानसँग ठोक्किएर नौ जनाको मृत्यु भएको थियो।


प्रतिकृया दिनुहोस्